+
+

डेढ वर्षदेखि प्रयोग भइरहेको आकाशे पुलको मेयर शाक्यले गरे उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १२:१७

२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मंगलबार विहान माइतीघर (पुरातत्व विभागअघि)को आकाशे पुलमा जम्बो टोलीसहित उपस्थित भए ।

शिलालेखसमेत तयार गरेर आकाशे पुल उद्घाटनको तयारी गर्दैगर्दा नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भए । किनकि यो पुल डेढ वर्षअघि नै निर्माण सम्पन्न भएर हाल प्रयोग भइरहेको छ ।

स्थानीय तहको चुनाव घोषणायता मेयर शाक्य दैनिकजसो विभिन्न पूर्वाधारको शिलान्यास कार्यक्रममा पुगिरहेका छन् । तर, उनले डेढ वर्षअघि नै बनेर प्रयोगमा आएको पुलसमेत चुनावकै मुखमा उद्घाटन गरेका छन् ।

यो पुल जेठ २०७७ मै निर्माण सकिएर सर्वसाधारणले प्रयोग गर्न थालेका थिए । सुरुमा बिजुलीको तारको समेत व्यवस्थापन नगरी पुल खुला गर्दा जोखिमयुक्त रुपमा सर्वसाधारणले पुल प्रयोग गरेका थिए ।

दुर्घटना हुनसक्ने भन्दै आलोचना भएपछि मात्रै महानगरले व्यवस्थापन गरेको थियो । कतिपय नटबोल्ट खुकुलो भएकाले मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले चुनावको छेको पारेर उद्घाटन गरेका छन् ।

उद्घाटनपछि शाक्यले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८÷९ करोड रुपैयाँ बजेट छुट्याएको बताए ।

उनले पुल बनाउँदा दुर्घटनामा कम हुने बताए । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट भएपनि सडकका पेटी सानो भएको कारण आवश्यक ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराए ।

‘यहाँ पुल बनाउन सर्वोच्च अदालत, स्वास्थ्य मन्त्रालय र सिंहदरबारमा आउनेहरुको माग धेरै थियो, सडक क्रस गर्न धेरै गाह्रो भयो भन्ने थियो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?