+
+

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी अब इसेवा वालेटका एजेन्ट नेटवर्कबाट पनि पाइने 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १५:०५

काठमाडौं । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका एजेन्ट नेटवर्क (जोन, पोइन्ट तथा क्यासपोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ ।

इसेवा मनि ट्रान्सफरले संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्राउँदै आएको छ भने इसेवाले नेपालमा भुक्तानी प्रणालीको सेवा दिँदै आएको छ ।
यी दुई कम्पनी एफवान सफ्न इन्टरनेसनलका अन्तर्गतका भगिनी संस्था हुन् ।

योसँगै अब विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी भुक्तानी केन्द्रसँगै अब इसेवा वालेटका देशभरी रहेका १ लाख ३० हजार भन्दा बढी जोन, पोइन्ट तथा क्यासपोइन्ट मार्फत समेत पाइन्छ ।

त्यस्तै, इसेवाका एजेन्ट नेटवर्कबाट इसेवा मनी ट्रान्सफर मार्फत मुलुकभर आन्तरिक रेमिट्यान्स् पठाउन सकिन्छ । साथै आफ्नो नाममा आएको रेमिट्यान्स समेत प्राप्त गर्न सकिनेछ ।

यसका साथै इसेवाका ५० लाख बढी प्रयोगकर्ताले इसेवा वालेटबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरि देशभर आन्तरिक रेमिट्यान्स पठाउन सकिनेछ । विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै आफ्नो इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस समेत प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?