+
+

महिला र किशोरी विरुद्धको हिंसा अन्त्यका लागि विश्वव्यापी सहमतिको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते २१:१४

२ चैत, काठमाडौं । दक्षिण एसियाली महिला अधिकारकर्मीहरुले महिला र किशोरी विरुद्धको हिंसा अन्त्यका लागि विश्वव्यापी सहमतिको माग गरेका छन् ।

नेपाल, अफगानिस्तान, वंगलादेश, पाकिस्तान र श्रीलंकाका महिलाहरुको काठमाडौंमा भएको दुई दिने सम्मेलनले महिला र किशोरी विरुद्धको हिंसा अन्त्यका लागि नयाँ अन्तर्राष्ट्रिय मानक स्थापित गर्नुपर्नेमा जोड दिएको छ ।

सम्मेलनले जारी गरेको सातबुँदे घोषणापत्रमा महिला तथा किशोरी हिंसा विरुद्ध कडा कानुनी रुपमा बाध्यकारी स्थिति बनाउन, विश्वव्यापी सहमतिको अवलम्बन एवं लागु गराउन दक्षिण एसियाली राष्ट्रहरुलाई आह्वान गरिएको छ ।

चैत १ र २ गते काठमाडौंमा भएको सम्मेलनमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, लैंगिक अधिकारकर्मी तथा वातावरणविद् बन्दना शिवा, पूर्व सिड कमिटी सदस्य एवं हेल्प एज ट्रस्टी बंगलादेशकी फिर्दोस आरा बेगम, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, युद्ध प्रभावित महिला संघ श्रीलंकाकी संस्थापक एवं अध्यक्ष विशाका धर्मदासा, औरत फाउन्डेसन पाकिस्तानकी सदस्य डा. आलिया खान लगायतका प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?