+
+

अन्तत : रुसी यान चढेर पृथ्वीमा फर्किने भए अमेरिकी अन्तरीक्षयात्री

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १३:३४

४ चैत, काठमाडौं ।  युक्रेनमाथि भएको रुसी आक्रमणसँगै अमेरिका र रुसबीच बढ्दो तनावका कारण अन्तरीक्षमै अड्किने जोखिममा रहेका एकजना अमेरिकी अन्तरीक्षयात्री अन्ततः निर्धारित समयमै पृथ्वीमा फर्किने भएका छन् ।

अमेरिकी अन्तरीक्षयात्री मार्क भन्दे हेइलाई आगामी मार्च ३० मा पृथ्वीमा फर्कने सोयुज यानमा लिफ्ट दिन रुस तयार भएको हो ।

रुसमाथि अमेरिकाले लगाएका कडा प्रतिबन्धको जवाफमा रुसी अन्तरीक्ष एजेन्सी रस्कोमसका प्रमुखले अन्तरीक्ष स्टेशनमा ३ सय ५५ दिन बिताएका अमेरिकी अन्तरीक्षयात्री हेइलाई स्पेस स्टेशनमै छाडिदिने धम्की दिएका थिए । तर अन्ततः उनलाई पूर्वनिर्धारित कार्यक्रम अनुसार आफ्नो यानमा चढाएर फिर्ता ल्याउन रुस सहमत भएको हो । हेईसँगै दुईजना रुसी अन्तरीक्षयात्री पनि पृथ्वीमा फर्किँदैछन् ।

अमेरिकी अन्तरीक्ष संस्था नासाको इन्टरनेशनल स्पेस स्टेशन कार्यक्रमका व्यवस्थापक जोएल मोन्टाल्बानोले भनेका छन् ‘म ढुक्कसाथ भन्छु कि मार्क घर फर्किँदैछन् । हामी रुसी सहकर्मीहरुसँग निरन्तर सम्पर्कमा छौँ । यस विषयमा त्यहाँ कुनै विवाद छैन ।’

उनका अनुसार स्पेस स्टेशनमा रहेका अन्तरीक्षयात्रीहरु विश्वको पछिल्लो घटनाक्रमबारे जानकार रहेको भए पनि उनीहरु अहिलेसम्म समूहवद्ध भएर काम गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय अन्तरीक्ष कानूनका अनुसार हरेक देशका अन्तरीक्षयात्रीहरुले अरु अन्तरीक्षयात्रीलाई आवश्यक परेको बेला सबैखाले सहयोग गर्र्नुपर्दछ र विदेशी मुलुक तथा समुन्द्रमा आकस्मिक अवतरण गर्न पनि दिनुपर्दछ ।

रुसी अन्तरीक्ष एजेन्सी रस्कोसमसका प्रमुख दिमित्री रोगोजिनले यसअघि अमेरिकी प्रतिबन्धका कारण स्पेस स्टेशनको सञ्चालनमा प्राविधिक कठिनाई उत्पन्न हुने चेतावनी दिएका थिए । तर नासाका अधिकारी मोन्टाल्बानोले भने विगत २० वर्षदेखि नै स्पेस स्टेशन राम्रोसँग सञ्चालन भैरहेको र पछिल्लो ३ हप्ताका घटनाले यसमा कुनै असर नपरेको बताएका छन् । बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?