४ चैत, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिगको क्वाटरफाइनलमा जर्मन क्लब एनट्राट फ्रान्कपर्टसँग खेल्ने भएको छ । शुक्रबार गरिएको ड्र अनुसार बार्सिलोनाले फ्रान्कपर्ट प्रतिद्वन्दी पाएको हो ।
यस्तै अर्कव जर्मन क्लब आरबी लाइपजिगले इटालियन क्लब एटलान्टासंग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
इंग्लिस क्लब वेष्टह्याम युनाइटेडले फ्रेन्च क्लब लियोन तथा स्कटिस क्लब रेन्जर्सले पोर्चुगिज क्लब ब्रागासँग खेल्नेछ ।
प्रतिक्रिया 4