+
+

राष्ट्रिय न्यायिक समितिको सम्मेलन पोखरामा १४ चैतमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १५:५३

८ चैत, पोखरा । देभैभरिका स्थानीय तहका न्यायिक समितिको सम्मेलन चैत १४ गते पोखरामा हुने भएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको आयोजनामा हुने सम्मेलनका लागि देशभरका नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्ष पोखरा आउने भएका हुन् ।

नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्ष न्यायिक समिति प्रमुख हुने संवैधानिक व्यवस्था छ । उक्त व्यवस्था बमोजिम पहिलो पटक जिम्मेवारी सम्हालेका न्यायिक समितिहरुले आफूले गरेको अभ्यास, चुनौती र अवसरबारे सम्मेलनमा अनुभव आदान प्रदान गर्ने पोखरा महानगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

‘स्थानीय तहरुमा न्यायिक समिति नयाँ पनि हो त्यसैले न्याय सम्पादनमा भएका असल अभ्यास र चुनौतीबारे अनुभव साटासाट गर्नेछौं,’ गुरुङले भनिन्, ‘कति गर्‍यौं, कति प्रयास गर्दागर्दै पनि सफल भएनौं । आफ्ना कमी कमजोरीहरु सुधार गर्नुपर्ने विषयमा छलफल गरेर घोषणापत्र सार्वजनिक गर्नेछौं ।’

सम्मेलनमा देशभरका ७ सय ५३ वटै स्थानीय तहका करिब ५० प्रतिशत न्यायिक समिति संयोजक उपस्थित हुने अपेक्षा आयोजकको छ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

पोखरामा यसअघि राष्ट्रिय मेयर सम्मेलन भएको थियो । स्थानीय तहका ठूला कार्यक्रम गर्दा पोखराको सकारात्मक कामसहित ठाउँको पनि प्रचार हुने महानगर प्रमुख मानबहादुर जिसी बताए । न्यायिक समितिको सम्मेलनको लागि विभिन्न ८ उपसमिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?