+
+

दशौं कृषि मेलाको तयारी पूरा, प्रवेश निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १८:१७

८ चैत, बुटवल । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा यही चैतको १० देखि १४ गतेसम्म बुटवलमा सञ्चालन हुने कृषि मेलाको तयारी पूरा भएको छ ।

‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित सञ्चालन हुने यो दशौं संस्करणको कृषि मेला हो । ५ दिनसम्म सञ्चालन गरिने मेलामा धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेसिन, थोपा सिँचाइ, हाइड्रोपोनिक्स, मौरी पालन, जैविक मल आदिको प्रदर्शनी गरिने संघका अध्यक्ष उज्ज्वल कसजूले बताए ।

५० वटा स्टल रहने मेलामा २५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेला समन्वय संयोजक बसन्त ढकालले बताए ।

मेलामा जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रदर्शन, फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवर्द्धन, कृषि सम्बन्धि अन्तर्क्रिया तथा छलफल, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवा सम्बन्धि जानकारीमूलक स्टलहरु समावेश गरिने छ ।

त्यस्तै दुग्धपान प्रतियोगिता, कालिजपालन सम्बन्धी जानकारी तथा परामर्श र कृषिमा आधारित सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?