+
+

१५ वर्षकी बालिका बलात्कार गरेको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १९:५२

८ चैत, वीरगञ्ज । प्रहरीले वीरगञ्जमा १५ वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षका सन्देश महतो कोइरी छन् ।

बालिकालाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी नयाँ–नयाँ ठाउँमा घुमफिर गराउने वहानामा पटक–पटक जबरजस्ती करणी गर्दै आएको उजुरी परेपछि उनलाई पक्रकेको प्रहरीले जनाएको छ ।

पछिल्लो पटक चैत ६ गते राति १० बजे वीरगञ्ज– १५ भिश्वास्थित आफ्नै डेरामा लगेर करणी गरेको उजुृरी चैत ७ गते अभिभावकले दिएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

करणी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिन थुनामा राख्ने अनुमति लिई उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?