+
+

टर्किस अभिनेत्री इसरालाई लिएर पाकिस्तानमा किन भइरहेको छ विवाद ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १७:४१

नयाँ दिल्ली । महिलाहरूको अन्डरवेयरको ३६ सेकेण्डको एक विज्ञापन छ, जसमा मोडलले एक चर्चित ब्रान्डको ‘ब्रा’ को प्रचार गरिरहेकी छन् । केही पाकिस्तानी प्रयोगकर्ताहरूले यसको कडा आलोचना पनि गरेका छन् ।

इन्स्टाग्राम र ट्वीटरमा पाकिस्तानी प्रयोगकर्ताले विज्ञापनभन्दा पनि बढी मोडलप्रति आपत्ति जनाइरहेका छन् । किनकि उक्त विज्ञापनकी मोडल टर्किस अभिनेत्री इसरा बिलगिच हुन्, जसले टर्कीको चर्चित शो एर्तुगलमा सुल्तानकी प्रेमिकाको भूमिका निर्वाह गरेकी छन् । यो शोका पाकिस्तानमा पनि लाखौं प्रशंसक छन् ।

अभिनेत्रीले यो विज्ञापनलाई तीन दिनअघि इन्स्टाग्राममा सेयर गरेकी थिइन् । त्यसमा १० लाख बढी लाइक र साढे ७ हजार भन्दा बढी कमेन्ट आए । आएका कमेन्टमध्ये सबैभन्दा बढी पाकिस्तानी प्रयोगकर्ताका छन् ।

को हुन इसरा बिलगिच ?

‘एर्तुग्रुल’की प्रेमिका र पछि पत्नीको भूमिका निर्वाह गरेकी इसरा बिलगिचको जन्म सन् १९९२ मा अंकारामा भएको हो । उनले हेजतेप विश्वविद्यालयबाट पुरातत्व विषयमा डिग्री लिएकी छन् । त्यसपछि उनले अंकाराको बिलकिनेत विश्वविद्यलायबाट अन्तर्राष्ट्रिय मामिलामा अकौृ डिग्री हासिल गरिन् । उनी अहिले कानुन विषय लिएर अध्ययन गरिरहेकी छन् ।

डिरिलिस एर्तुग्रुलमा हलीमे सुल्तानको भूमिका उनले पहिलोपटक निभाएकी थिइन्, जसबाट उनी निकै लोकप्रिय भइन् ।

इसराले सन् २०१८ मा एर्तुग्रुलमा काम गर्न छाडिन् । त्यसपछि उनलाई एक फिल्ममा अफर आयो र अहिले उनी ‘रामो’ नामक एक क्राइम ड्रामामा मुख्य भूमिका निभाइरहेकी छन् । हलीमे सुल्तानको भूमिका निकै गम्भीर र कठिन भएपनि आफ्ना लागि ठूलो मौका भएको उनले बताएकी थिइन् ।

इसराले सन् २०१७ मा टर्कीको राष्ट्रिय फुटबल टिमका खेलाडी गोखान तोरेसँग विवाह गरिन् । यद्यपि, सन् २०१९ मा उनीहरु अलग भए ।

हलिमे तपाईंलाई लाज लाग्नुपर्ने हो’

सामाजिक सञ्जालमा समीर खानले लेखेका छन्, ‘तिमीलाई लाज लाग्नुपर्छ, यदि तिमीले आफूलाई ब्रामा देखाउने हो भने तिमीले हलिमे सुल्तानको भूमिका गर्नुहुँदैनथ्यो ।’

स्मरण रहोस् कि पाकिस्तानी प्रयोगकर्ताहरूले अभिनेत्री इसरा बिलगिचलाई हलिमेको चरित्रबाट टाढा सरेर वास्तविक जीवनमा ग्ल्यामरस देखेकोमा आलोचना गरेको यो पहिलो पटक होइन ।

चश्मिश शेख नामको अकाउण्टबाट लेखिएको छ, ‘हलिमे, यो कस्तो शैली हो ?’ त्यसैगरी हम्माद नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘अब कस्तो विज्ञापन दिंदै हुनुहुन्छ हलिमे बाजी ?’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘हलिमे बाजी, यस्तो नगर्नु, मुटु दुख्छ ।’

प्रयोगकर्ता बिलालले व्यंग्य गर्दै लेखेका छन्, ‘म पाकिस्तानीहरूको प्रतिक्रिया हेर्दैछु ।’

तर त्यस्ता पाकिस्तानी प्रयोगकर्ताहरू पनि छन्, जसले विरोधीहरूको विरोध गरेर अभिनेत्रीलाई समर्थन पनि गरिरहेका छन् ।

त्यहाँ केही विदेशी प्रयोगकर्ताहरू पनि छन्, जसले पाकिस्तानी प्रयोगकर्ताहरूलाई नकारात्मक टिप्पणी नगर्न आग्रह गरिरहेका छन् । इसरा डेनिज मर्कले लेखेका छन्, ‘प्रिय पाकिस्तानीहरू, यो पाकिस्तान होइन, यो टर्की हो । महिलाहरूले यहाँ विज्ञापनहरूमा त्यस्ता चीजहरू लगाउन सक्छन् ।’

ट्विटरमा हेर्नुभयो भने त्यहाँ पनि त्यस्तै अवस्था छ, बरू एक कदम अगाडि छ । आमना जावेदले यी टिप्पणीहरूलाई व्यंग्य गर्दै लेखेकी छन् कि अभिनेत्रीलाई यी टिप्पणीहरूबाट उनको मनपर्ने सल्लाह ‘यदि तपाईंलाई पैसा चाहियो भने पाकिस्तानलाई सोध्नुहोस् ।’

उनले थप लेखेकी छन्, ‘पाकिस्तानी पुरुषहरूले इसरालाई लज्जित बनाइरहेका छन् कि इसरा अब उनीहरूले बनाएको आदर्शबाट विचलित छन् ।’

फातिमा नामकी एक प्रयोगकर्ताले लेखेकी छन्, ‘म शर्त लगाउँछु कि इसराले पाकिस्तानी कम्पनीहरूसँग काम गर्ने र पाकिस्तानमा आफ्नो शो प्रसारण गरेकोमा पछुताएकी होलिन् ।’

त्यसैगरी पाकिस्तानको प्रमुख टीभी र रेडियो प्रस्तोता अनुसे अशरफले भनिन्, ‘पुरुषहरूले उनलाई किन अनफलो गर्दैनन् वा तपाईंले आफ्नो आँखा किन ढाक्नुहुन्न ?’

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?