
९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले आर्थिक अनुशासन उल्लघंन गरेका पार्टीका नेता, कार्यकर्तालाई स्थानीय तह चुनावको टिकट नदिने भएको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरुबीच आन्तरिक आचारसंहिताबारे भएको संयुक्त बैठकमा यस्तो विषय उठेको हो ।
छलफलमा सहभागी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले पार्टी अनुशासन र आर्थिक अनुशासन उल्लघंन गर्नेलाई उम्मेदवार नबनाउने गरी आचारसंहिता बनाउने विषयमा छलफल भएको जानकारी दिए ।
‘कस्तो–कस्तोलाई अनुशासनको दायरामा ल्याउने, निर्वाचनमा उठ्न नपाउने भन्ने लगायतको पार्टीको आचारसंहिताबारे छलफल भयो,’ अनलाइनखबरसँग श्रेष्ठले भने, ‘अनुशासन सम्बन्धी धेरै कुरा उठेका छन् । उम्मेदवार बन्न चाहने व्यक्ति पेश्की लिएको वा आर्थिक हिनामिनामा संलग्न भएको भए त्यस्तालाई उम्मेदवार नबनाउने विषय आचारसंहितमा छ ।’
तीनवटै आयोगका पदाधिकारीले आचारसंहिताबारे ‘ब्रिफिङ’ गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ती विषयलाई परिपत्र जारी गरेर कार्यान्वयनमा लैजाने बताएका थिए । बैठकमा अनुशासन आयोगकाम सचिव अशोक रोकाया, लेखापरीक्षण आयोगका सचिव टेकनाथ आचार्य र निर्वाचन आयोगका सचिव प्रदीप पोखरेलले आ–आफ्नो आयोगको प्रतिवेदन पेस गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4