+
+

जबरजस्ती करणी गरेर गहना लुटपाट गरेको आरोपमा दुई जना भारतीय पक्राउ  

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते ११:३०

१० चैत,  धनगढी ।  बझाङमा महिलामाथि जबरजस्ती करणी गरेर गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बझाङको केदारस्युँ गाउँपालिका-५  मा ४ चैतमा बेलुकीपख खेतमा महिलालाई जबरजस्ती करणी गरेर गरगहना लुटेको आरोपमा  कालङ्गा हाइड्रोपावरमा काम भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर विष्टले पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल प्रान्त माल्दा जिल्लाका २९ वर्षीय बिजय राजवंशी र २२ वर्षीय सन्तान मुर्मु भन्ने सनातन मुर्मु रहेको बताए  ।

उनकाअनुसार पक्राउ महिलामाथि जबरजस्ती करणी गरेर नाकमा लगाएको सुनको नथिया, कानका रिङ, घाँटीमा लगाएको तिलहरी र मंगलसुत्र गरी कुल ३ तोला ४ आना बराबरको गरगहना लुटेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला अदालतबाट  पाँच  दिनको म्याद थपेर दुवै जनालाई थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?