+
+

सबैभन्दा छिटो ८ हजार रन बनाउने क्रिकेटर बने स्मिथ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १६:२४

१० चैत, काठमाडौं । अष्ट्रेलियन ब्याटर स्टिभ स्मिथ टेष्ट क्रिकेटमा सर्वाधिक छिटो ८ हजार रन बनाउने खेलाडी बनेका छन् । टेष्ट क्रिकेटको इतिहासमा नयाँ रेकर्ड बनाएका स्मिथले १५१ इनिङ्स खेल्दै ८ हजार रन जोडेका हुन् ।

पाकिस्तानको लाहोरमा भइरहेको पाकिस्तानविरुद्धको तेस्रो टेष्टको दोस्रो इनिङ्समा उनले आफ्नो ८ हजार रन पूरा गरेका हुन् ।

यसअघि श्रीलंकन ब्याटर कुमार सांगाकाराले १५२ औं इनिङ्समा ८ हजार रन पूरा गरेका थिए । छिटो ८ हजार रन बनाउने खेलाडीको सुचीमा भारतीय क्रिकेटर सचिन तेन्दुल्कर तेस्रो स्थानमा रहेका छन् ।

सचिनले १५४ औं इनिङ्समा ८ हजार रन पूरा गरेका थिए । चौथो स्थानमा रहेका वेस्ट इन्डिजका गार्फिल्ड सोबरले ८ हजार रनका लागि १५७ औं इनिङ्स खेलेका थिए । पाँचौंमा रहेका भारतीय राहुल दव्रिडले १५८ औं इनिङ्समा ८ हजार रन जोडेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?