+
+

विवाहअघि यी कुरामा स्पष्ट हुनुहोस्  

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १२:११
प्रतीकात्मक तस्वीर

काठमाडौं । विश्वव्यापीकरणको अहिलेको युगमा सामाजिक मान्यताहरु पनि परिवर्तन हुँदै गइरहेका छन् । परिवर्तनको यो सिलसिलामा विवाहको प्रक्रिया पनि समावेश छ । अर्थात्, विवाहको चलन र यसको प्रक्रियामा पनि आधुनिकीकरणले ठूलो प्रभाव पारेको छ ।

पहिलेपहिले अभिभावकहरुले आफ्नो सन्तानका लागि जीवनसाथी रोज्ने गर्थे, तर अहिले युवायुवतीले आफ्नो जीवनसाथी आफैं रोज्न थालेका छन् ।

युवायुवतीहरु आफ्नो प्रेमलाई विवाह परिणत गरे मात्रै सफल हुने ठान्दछन् । आफ्नो सम्बन्धमा सामाजिक छाप लगाउन युवायुवती विवाह बन्धनमा बाँधिन चाहन्छन् । तर कतिपय अवस्थामा सामाजिक, पारिवारिक तथा सामाजिक हिसाबले पनि उनीहरुको प्रेमको सिलसिला टुट्ने जोखिम हुन्छ ।

तपाईंको प्रेमी वा प्रेमिका भाडाको घरमा बसिरहेका छन्, तर विवाहअघि तपाईंले प्रेमीलाई घर किन्ने प्रस्ताव राख्नुअघि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । घर किन्नका लागि प्रेमी सक्षम छन् भने त भइहाल्यो । तर उनको त्यो क्षमता छैन भने विवाहपछि सँगै कमाएर घर बनाउँला भनेर भन्नुपर्छ ।

हिजोआजका युवती कामकाजी भएकाले भान्सामा परिवारका लागि खाना पकाउने समय नहुन सक्छ । तर विवाहपछि भान्साका साथै घरको अन्य काम पनि गर्नुपर्ने हुन्छ । यदि श्रीमान् सहयोगी छन् भने उनलाई पनि धेरै सहयोग मिल्छ । बिहेअघि आफ्नो प्रेमीलाई स्पष्ट भन्न सक्नुपर्छ कि बिहेपछि तपाईं पूरै दिन भान्सामा बिताउन सक्नुहुन्न वा मिलेर काम सम्पन्न गर्नुपर्छ । होइन भने काम गर्ने सहयोगी राख्नुपर्छ ।

विवाहपछि घरको सवारी साधनको प्रयोग वा अन्य सुविधाको प्रयोगमा श्रीमानकै बोलवाला हुने गर्दछ । त्यस्तो अवस्थामा आफूलाई सवारी साधन चाहिएको छ भने त्यसको व्यवस्थापन गर्न वा आफ्नो लागि छुट्टै व्यवस्था गर्न लगाउनुपर्छ ।

यस्तै विवाहपछि तपाईंले विभिन्न भूमिका निर्वाह गर्नुपर्छ, श्रीमती, बुहारी, भाउजू, माइजूलगायत ।

संयुक्त परिवार भए सासूससुरा, देवर, देवरानी, नन्द घरमा हुने भएकाले विवाहपछि आफ्नो करिअर कसरी अगाडि बढ्छ भन्ने विषयमा पनि विवाहअघि नै छलफल गर्दा राम्रो हुन्छ ।

पार्टनरको मनसाय जाँच्नुहोस्

प्रेममा पार्टनरको आकर्षणमा हराउनु सामान्य कुरा हो । तर पार्टनरको नियत जाँच्न नसक्ने गरी आकर्षणमा हराउनु भने हुन्न । वास्तवमा केटीहरु बढी भावुक हुन्छन् । छिट्टै केटाहरूको मीठा कुरामा फस्छन् । तर केही केटामा उल्टो गुण पनि हुन्छ । त्यसैले आफ्नो पार्टनरको मनसाय पनि बिहे अघि नै जाँच गर्नुपर्छ ।

विवाहपछि श्रीमानको अनादरका कारण पनि धेरै महिलाले समस्या झेलिरहेका हुन्छन् । आफ्नो पार्टनरको मनसाय जाँच नगरी विवाह गर्ने निर्णय गर्ने धेरै युवती समस्यामा परेका पनि छन् ।

तर प्रश्न उठ्छ कि पार्टनरको नियत कसरी परिक्षण गर्ने ? पैसाको सन्दर्भमा प्रेमीको व्यवहार कस्तो छ अनुमान गर्ने प्रयास गर्नुहोस् । जब तपाईंहरु दुवैजना सँगै घर जाँदै हुनुहुन्छ भने कसले बढी खर्च गर्छ ? के पार्टनरले कतै पैसा खर्च गर्न अस्वीकार गर्छ ? यी कुरा बुझ्ने प्रयास गर्नुहोस् ।

तपाईंको तलब तपाईंको प्रेमीकोभन्दा धेरै भएपनि उसको आत्मसम्मानको जाँच गर्नुहोस् । यदि उसले तपाईंबाट पैसा लिन हिच्किचाउँदैन भने स्पष्ट रूपमा उसमा आत्मसम्मानको कमी छ भन्ने बुझ्नुहोस् ।

विवाहको समयमा तपाईंको पार्टनरले तपाईंबाट के विलासिताको माग गर्छ भनेर जान्ने प्रयास गर्नुहोस् । यदि उसले तपाईंबाट नगद वा कुनै मूल्यवान चीज चाहन्छ भने उसले तपाईंलाई होइन तपाईंको पैसालाई माया गरेको छ ।

विवाहअघि आर्थिक योजना

विवाह गर्नुअघि आर्थिक योजना पनि तयार पार्नुपर्छ । कन्सास स्टेट युनिभर्सिटीका परिवार अध्ययन र मानव सेवाका अनुसन्धानकर्ता र सहायक प्राध्यापक सोन्या बर्टले २ हजार ५०० जोडीमा गरेको अध्ययनले पति-पत्नीको सम्बन्धमा सबैभन्दा खराब समय पैसाको कारण भएको झगडाबाट निम्तिने गरेको देखाएको छ ।

अध्ययनका अनुसार यी झगडाका कारण सम्बन्ध टुट्ने अवस्थामा समेत पुगेको देखिन्छ । तसर्थ, विवाहअघि भविष्यको आर्थिक आवश्यकताको बारेमा समेत छलफल गर्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?