
११ चैत, काठमाडौं । सुरेशभक्त प्रधानाङ्ग गाउँ पर्यटन प्रवर्द्धन पुरस्कारबाट अनलाइनखबरकर्मी अच्युत पुरी पुरस्कृत भएका छन् ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालले प्रदान गर्ने उक्त पुरस्कार यस वर्ष पुरीलाई प्रदान गरिएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहबीच संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानले सम्मानपत्रसहित पुरस्कार राशि ५ हजार १०० रुपैयाँ हस्तान्तरण गरे ।
कार्यक्रममा देशका विभिन्न स्थानमा सञ्चालित आधा दर्जन होमस्टेहरुलाई गाउँ पर्यटन पुरस्कारबाट समेत सम्मान गरिएको थियो । पर्यटन व्यवसायीहरु सदस्य रहेको यस मञ्चले ग्रामीण पर्यटन प्रवर्द्धनका लागि काम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4