+
+

गुडिरहेको बसमा आगलागी   

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते ६:३१

१२ चैत, कर्णाली (सुर्खेत) । कालीकोटबाट काठमाडौंका लागि छुटेको छुटेको ना८ख २३५६ नंको बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस शुक्रबार बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो ।

कालीकोटदेखि सुर्खेत-नेपालगन्ज हुँदै काठमाडौंका लागि जाँदै गरेको बस गुडिरहेको अवस्थामै सुर्खेतको बराहताल गाउँपालिका-८ सुर्खेत ओदाल तालमा शुक्रबार दिउँसो ३ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

तार सट भएर आगलागी हुँदा बस पूर्ण रूपले नष्ट भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । ‘जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली बस जलेको सूचना पाउने बित्तिकै वीरेन्द्रनगर नगरपालिकाको दमकल लिएर त्यहाँ पुगेको थियो,’ उनले भने, ‘दमकलले आगो निभाए पनि बस पूर्णरुपले जलेको छ ।”

आगलागी भएलगत्तै बसमा सवार यात्रु झरेपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । बस चालक सुरेन्द्र थापाले ओदालतालस्थित सडकको उकालो सकिने अन्तिम मोडमा बस चल्दाचल्दै केही पड्किएको जस्तो आवाज आएको बताए ।

‘घुम्तीमा बस मोड्ने क्रममा केही पड्किएको आवाज आयो । हत्तपत्त ह्यान्ड ब्रेक लगाएँ र झरेर हेर्दा गेयरबक्स र इन्जिनको बीचमा सानो आगो बलेको थियो’ चालक थापाले भने, ‘यात्रुहरू सबै झर्नुभयो । सेक्टा भाँचेर आगो निभाउन खोज्दै थियौं तर आगोले एकैचोटि माथि भेट्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?