+
+

ओलीले बालुवाटारको बंकरमा बसेर राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य छलफल गर्थे : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १०:५१

१३ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाइएको बंकरभित्र बसेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोग्य वार्ता गरेको आरोप लगाएका छन् ।

बालुवाटारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरसँग पनि भेटेर सेटिङमा संसद विघटन गरिएको उनले आरोप लगाए ।

पार्टी निकट पत्रकारहरुलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने, ‘बालुवाटारमा घर बनाए । त्यहाँ बंकर पनि बनाइएको छ । बंकर किन बनाएका होलान् ? किनभने तपाईंले सुन्नुभयो नेपाली सेनाका प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुरा भयो । भनेपछि उनको दिमागमा बंगलादेश चलिरहेको थियो ।’

तत्कालीन प्रधानन्यायाधीश जबरासँग भेटेर स्थानीय चुनावमा कुन न्यायाधीश र कुन प्रहरीलाई कहाँ खटाउने भनेर गृहकार्य गरेको नेपालले बताए । त्यसको सूचना सरकारी संयन्त्रमार्फत् आफूले पाएको उनले बताए ।

उनले एमाले अध्यक्ष ओलीले गरेका गलत कामको सूची बनाएर सार्वजनिक गर्न उनले पार्टी निकट पत्रकारहरुलाई निर्देशनसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?