+
+

जगदम्बा स्टिल्सको सुपर साइन र ग्याल्भाप्लसका जस्तापाता नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १३:०५

काठमाडौं । जगदम्बा स्टिल्सले सुपर साइन र ग्याल्भाप्लसका जस्तापाता नेपाली बजारमा ल्याएको छ ।

जगदम्बा स्टिल्सले सुपर साइन र ग्याल्भाप्लसका जस्तापाता तेस्रो मुलुकमा पनि निर्यातको थालनी गरिसकेको जनाएको छ ।

कम्पनीका अनुसार रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा जगदम्बा सुपरसाइन र ग्याल्भा प्लसका जस्तापाताको उच्च माग रहेको र आपूर्ति पनि हुन थालेको छ ।

कम्पनीले केही समय अघि मात्र सिमरास्थित अत्यधुनिक नयाँ प्लान्टको स्थापना गरी उत्पादन कार्य सुरु गरेको हो ।

समूह शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टिल्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो, जसको उत्पादन क्षमता वार्षिक ३ हजार मेट्रिक टन, रोलिङ मिल (टीएमटी) क्षमता छ । साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो ।

नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादन कम्पनीको रूपमा जगदम्बा स्टिल्सले विभिन्न प्रकारका स्टिल उत्पादन बजारमा ल्याई उत्पादन विविधिकरणको कोशेढुङ्गा पार गरिसकेको कम्पनीले बताएको छ ।

यस कम्पनीले देशको माग अनुसार उत्पादन क्षमता विस्तार गर्नुको साथै रोजगारी सिर्जनाको सन्दर्भमा देशलाई थप आर्थिक सहयोग प्रदान गर्दै कुल घरेलु उत्पादन तथा कर योगदानमा पनि विशेष सहायता दिँदै आएको छ ।

उत्पादन तथा प्रविधिमा सफलतापूर्वक नवप्रवर्तन हासिल गर्दै २५ वर्ष पूरा गरिसकेको जगदम्बा स्टिल्स ग्याल्भाप्लस पश्चात् पनि थप अत्यधुनिक निर्माण सामग्री बजारमा ल्याउन प्रतिबद्ध छ ।

हाल जगदम्बा स्टिल्सले एक लाख ३२ हजार टन प्रतिवर्ष ग्याल्भाप्लस र एक लाख दस हजार टन प्रतिवर्ष सुपर साइन उत्पादन गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?