
काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित बैंक सञ्चालक एवं बैंकका उच्च अधिकारीहरुले आइतबार क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डरमार्फत मिथिला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताए ।
बैंकले प्रत्येक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ । चालू वर्ष २०७८ को क्यालेन्डरमा पनि बैंकले नेपालमा रहेका विभिन्न जातजातिका गरगहना र पहिरनलाई क्यालेन्डरमा समावेश गरेको थियो ।
करिब ३७ वर्षदेखि चित्रकलामा सक्रिय अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पारेको मिथिला संस्कृति झल्काउने चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिए ।
प्रतिक्रिया 4