+
+

महामारीले रसुवागढी नाका क्षेत्रका व्यवसायी सकसमा (भिडियो रिपोर्ट)

निङ्मा गेलु लामा निङ्मा गेलु लामा
२०७८ चैत १४ गते २१:०९

काठमाडौं । चीनमा कोभिड-१९को महामारी सुरु भएदेखि रसुवागढी नाका अझै पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन । जसको प्रतक्ष्य प्रभाव स्थानीयवासी, व्यवसायी र देशको आर्थिक व्यवस्थामा परिरहेको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा नेपालीले चिनियाँ नाका रसुवा र तातोपानी हुँदै २७ अर्ब ५३ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ । तर, निर्यात शून्य छ । कोभिड-१९ को बाहाना बनाउँदै निर्यातमा रोक लगाएको चीनले आयातमा पनि अझै सहज स्थिति बनाएको छैन ।  शुक्रबार तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल सरकारले नाका सहज बनाउनका लागि आग्रह समेत गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत रसुवागढी र तातोपानी नाकाबाट आयात तथा निर्यातमा सहजताको बनाउन चीन सरकारसँग आग्रह गरेका थिए ।तर, चीनले अझै पनि स्पष्ट जवाफ दिएको छैन । यो अवस्थामा महिनौंदेखि रसुवागढी नाकामा ट्रक तथा कन्टेनर लिएर सामान लोडका लागि पालो कुर्ने धेरै छन् ।

यसमध्येका एक हुन् राजशेन तामाङ । उनी विगत लामो समयदेखि रसुवामा कन्टेनर थन्क्यायर बसिरहेका छन् । ‘गाडीले कमाएर आफ्नो घर बालबच्चा पालौंला, घरको व्यवस्था पनि मिलाउँला भन्ने थियो,’ उनी सुनाउँछन्, ‘म जस्ता यहाँ धेरै छन् । कसैको किस्ता तिर्न नसकेर गाडी नै गयो । कसैको घर नै गयो । अझै पनि कहिले नाका पूर्णरुपमा खुल्ला र कमाउन सकिएला भन्ने आशमै बसिरहेका छौं ।’

उनी जस्ता धेरै ट्रक व्यवसायीको अवस्था त्यस्तै रहेको छ । ‘अहिलेसम्म ६ सयदेखि ७ सय व्यवसायीले गाडी बिक्रि गरिसकेको अवस्था छ । भने, कति गाडी कर्जा तिर्न नसकेर बैंकले तीर्न नसकेर जफत गरेको छ,’ रसुवागढी चेम्बर अफ कमर्सका सञ्जीव अमात्य भन्छन्,’कोभिड-१९ अघि दैनिक चीनबाट तीन चार सय गाडी सामान आउँथ्यो । तर, अहिले दिनमा ९ वटा मात्रै आउँछ् । जसका कारण यहाँका ट्रक व्यवसायी र अन्य व्यवसायी निकै मर्कामा परेका छन् ।’

महामारीका कारण रसुवागढी नाकाका व्यवसायीले भोगिरहेको सकसलाई लिएर निङ्मा गेलु लामाले तयार पारेको भिडियो रिपोर्ट (माथि) हामीले प्रस्तुत गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?