+
+

एन्फाको साधारण सभा सुरु, यी हुन् एजेन्डा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १२:२५

१५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइरालाले साधारण सभाको उद्घाटन गरेका हुन् ।

साधारण सभामा एन्फाको आगामी निर्वाचनमा केन्द्रित विभिन्न एजेण्डाहरुमा छलफल हुनेछ । एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ ।

साधारण सभाको उद्घाटनका अवसरमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो कार्यसमिति आएपछि अन्तर्राष्ट्रिय फुटबलमा सहभागी, साफमा उपविजेता, ग्रासरुट कार्यक्रम सुरुवात, थ्री नेशनको विजेता लगायत धेरै उपलब्धी हासिल भएको बताए ।

साधारण सभामा निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठनसम्बन्धी छलफल हुनेछ ।

त्यस्तै संघको वार्षिक कार्यक्रम तथा बजेट एवम् आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण प्रतिवेदन पारित गर्ने सम्बन्ध र निर्वाचनमा सहभागी उम्मेदवारको मनोनयन शुल्क सम्बन्धमा छलफल हुनेछ ।

हेर्नुहोस् एन्फा साधारणसभाको एजेण्डा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?