+
+

पदाधिकारीको विदेश भ्रमणबारे एन्फाले दिएन राखेपलाई स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १९:५७

२० चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पदाधिकारीको विदेश भ्रमणका विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफ दिन अस्वीकार गरेको छ ।

विश्वकप छनोट अन्तर्गत नेपाली फुटबल टोली बहराइनसँग खेल खेल्न त्यसतर्फ जाँदा एन्फाका १० पदाधिकारी पनि गएका थिए । यो विषयमा १२ चैतमा युवा तथा खेलकुद मन्त्रालयले राखेपसँग चासो राखेको थियो ।

त्यसपछि १५ चैतमा राखेपले एन्फासँग जवाफ मागेको थियो । तीन दिन म्याद राखेर स्पष्टीकरण माग गरेकामा मंगलबारसम्म नआएको राखेपले जनाएको छ ।

‘मन्त्रालयको चिठी बमोजिम हामीले पुन उहाँहरुले पत्र पठाएका हौं तर हालसम्म उहाँहरुको स्पष्टीकरण सहितको जवाफ भने आएको छैन’, राखेप संघ संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले अनलाइनखबरसँग भने ।

बहराइन भ्रमणमा एन्फाका उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्री, प्रमुख कार्यकारी अधिकृत सीईओ इन्द्रमान तुलाधर, भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ खेलाडी र अफिसियलहरुसँगै गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?