+
+

चन्द्र पन्त निर्देशित भोजपुरी फिल्म ‘रण’मा नरेनको एक्सन अवतार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १२:५२

काठमाडौं । चन्द्र पन्तको परिचय अब द्वन्द्व निर्देशक मात्र रहेन । उनी चाँडै नीता ढुंगानाले निर्माण गर्ने फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशनमा जुट्ने तयारीमा छन् ।

यसैबीच, पन्त निर्देशित भोजपुरी फिल्म ‘रण’को ट्रेलर लन्च भएको छ, जहाँ नेपाली अभिनेता नरेन खड्काले पर्याप्त मौका पाएका छन् । फिल्ममा नरेनले खलपात्रको भूमिकामा अभिनय गरेका छन् ।

भोजपुरी अभिनेता आनन्द ओझासँग उनी ट्रेलरमा आमनेसामने छन् । भोजपुरी बेल्ट र नेपालको तराई क्षेत्रका दर्शकले यो फिल्म रुचाउने निर्माण पक्षको अनुमान छ ।

फिल्मको कथा र निर्देशन समेत पन्तकै छ । ‘निरहुआ चलल लण्डन’ नामक भोजपुरी फिल्मबाट निर्देशनमा डेब्यु गरेका पन्त अब नेपाली फिल्ममा भाग्य जमाउने तयारीमा छन् । फिल्म ‘रण’मा चाहिं प्रशस्त एक्सन दृश्य समावेश गरिएको छ ।

अभिनेता खड्काका अनुसार उक्त फिल्मलाई बिहार र नेपालको तराई क्षेत्रका सिनेमा घरमा प्रदर्शन गर्ने तयारी छ । नरेन र आनन्दसहित फिल्ममा कागल रागवानी, सीपी भट्ट, मनोज टाइगरको समेत मुख्य भूमिका छ ।

‘हमेशा’बाट नरेनले नेपाली फिल्ममा अभिनय यात्रा सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?