+
+

तिलौराकोट संरक्षित स्मारक क्षेत्र घोषित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १७:११
फाइल तस्वीर

१५ चैत, काठमाडौं । सरकारले कपिलवस्तुमा रहेको तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयासमा नेपाल रहेको छ । सोही अनुसार नेपाल सरकारले संरिक्षत स्मारक क्षेत्र घोषणा गरेको हो ।

तिलौराकोट दरबार सिद्धार्थ गौतमको जन्मथलो मानिन्छ । जहाँ उनले २९ जीवनको वर्ष बिताएका थिए । यो क्षेत्र विश्वकै ठूलो खुला संग्रहालयका रुपमा समेत दावि गरिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियामा संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने प्रावधान रहेको छ । यसमा पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले यस्तो प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?