+
+

टी-२० मा आसिफले बनाए दोस्रो अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १५:०१
अर्धशतक पूरा गरेपछि खुशी मनाउँदै आसिफ शेख । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर ।

१६ चैत, काठमाडौं । नेपाली खेलाडी आसिफ शेखले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका छन् ।

कीर्तिपुरमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत बुधबार मलेसिया विरुद्धको खेलमा आसिफले अर्धशतक प्रहार गरेका छन् । उनले ३१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।

आसिफले यसअघि गत वैशाखमा कीर्तिपुरमै भएको त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको डेब्यु खेलमा पहिलो अर्धशतक प्रहार गरेका थिए । उक्त खेलमा उनले अविजित ५४ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?