+
+

अमेरिका र मेक्सिको विश्वकपमा छनोट, अब ३ टिम बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १०:१५

१७ चैत, काठमाडौं । उत्तर अमेरिकी राष्ट्र मेक्सिको र अमेरिका विश्वकपमा स्थान पक्का गरेका छन् ।

मेक्सिको एल्साल्भाडोरलाई २-० गोल अन्तरले हराउँदै कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म आयोजना हुने विश्वकपमा छनोट भएको हो ।

उत्तर अमेरिकी क्षेत्रको छनोटको अन्तिम खेलमा कोष्टारिकासँग २-० ले हारेर पनि अमेरिका विश्वकपमा छनोट भयो । अमेरिकासँगको खेल जितेको कोष्टारिका गोल अन्तरले पछि परेको हो ।

समान २५ अंक भए पनि अमेरिकाको गोल अन्तर ११ र कोष्टारिकाको ५ भयो । यो खेलमा अर्को थप ४ गोल गरेको भए कोष्टारिकाले विश्वकपमा स्थान सुरक्षित गर्ने थियो । कोष्टारिकाले विश्वकप छनोटमा अब ओसियना क्षेत्रको न्यूजिल्याण्डसँग अन्तरमहादेशीय प्रतिस्पर्धा गर्नु पर्ने छ ।

२९ राष्ट्रले गरे विश्वकपको टिकट सुरक्षित

२२औं संस्करणको फिफा विश्वकपका लागि योसँगै २९ राष्ट्र छनोट भइसकेका छन् । आयोजकको हैसियतमा कतार सिधै छनोट भएको हो भने बाँकी २८ टिमले छनोट चरण पार गरेर विश्वकपकमा स्थान बनाएका हुन् ।

अब ३ टिमको टुङ्गो लाग्न बाँकी छ । कतार विश्वकपका लागि १ अप्रिलमा ड्र हुँदैछ ।

विश्वकपका युरोपबाट सर्वाधिक १३ टिमले खेल्नेछन् । कतार विश्वकपका लागि १२ टिम युरोपबाट छनोट भइसकेका छन् । रुस र युक्रेनबीचको तनावका कारण युरोपबाट एक टिमको छनोट हुन बाँकी छ । यस्तै अन्तरमहादेशीय प्लेअफबाट अर्को दुई टिम छनोट हुनेछन् ।

यसैगरी अफ्रिकाबाट ५, एसिया र दक्षिण अमेरिकाबाट ४-४, उत्तर अमेरिकाबाट ३ टिमले विश्वकपमा स्थान पक्का गरेका छन् ।

अहिलेसम्म छनोट भएका २९ टिम

आयोजक : कतार

युरोप  : जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, पपोर्चुगल, पोल्यान्ड

दक्षिण अमेरिका : ब्राजिल, अर्जेन्टिना, इक्वेइडर, उरूग्वे

एसिया : इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया

अफ्रिका : घाना, सेनेगल, ट्युनिसिया,  मोरक्को, क्यामरून

उत्तर अमेरिका : क्यानडा, मेक्सिको, अमेरिका

अब छनोट हुन ३ टिम बाँकी

कतारमा हुने विश्वकपका लागि अहिलेसम्म २९ टोली छनोट भइसकेका छन् भने अब ३ टोलीको टुङ्गो लाग्न बाँकी छ । जसमा अन्तरमहादेशीय प्लेअफबाट २ तथा युरोपको प्लेअफबाट १ टिम छनोट हुनेछन् ।

अन्तरमहादेशीय प्लेअफमा उत्तर अमेरिकी राष्ट्र कोस्टारिकाले ओसियाना क्षेत्रको विजेता न्युजिल्याण्डसँग खेल्नेछ । यस्तै अर्को अन्तरमहादेशीय प्लेअफमा दक्षिण अमेरिकी राष्ट्र पेरुले एसियाको अष्ट्रेलिया वा युएईसँग खेल्नेछ ।

यस्तै युरोपियन क्षेत्रको प्लेअफबाट एक टिम छनोट हुन बाँकी छ । रुसले युक्रेनमा आक्रमक गरेपछि युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित गरिएको छ । यस खेलको विजेताले विश्वकपमा स्थान बनाउन वेल्ससँग प्लेअफ खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?