+
+
त्रिकोणात्मक टी-२० शृङ्खला :

टस हारेर नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १९ गते १२:३०

१९ चैत, काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियाविरुद्ध खेल्दैछ । मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ ।

आज नेपालको प्लेइङ ११ मा कुसल भुर्तेल, आशिफ सेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, मोहम्मद अदिल आलम, करण केसी, दीलिप नाथ, आरिफ शेख, सन्दीप लामिछाने, कमलसिंह ऐरी र अविनाश बोहोरा रहेका छन् ।

नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेटले हराएको थियो ।

मलेसियालाई भने फाइनल पुग्न नेपाललाई हराउनै पर्नेछ । मलेसियाले पहिलो खेलमा पीएनजीलाई हराए पनि शुक्रबार भएको खेलमा पीएनजीसँग ८ विकेटले पराजित भएपछि अंकतालिकामा अन्तिममा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?