+
+

त्रिकोणात्मक टी-२० शृङ्खला : फाइनल प्रवेशका लागि नामिबिया र नेदरल्याण्ड भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते ८:३६

२० फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ ।

खेल बहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ ।

आजको खेलले फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ । फाइनल प्रवेश गर्ने टालीले नेपालसँग खेल्नेछ ।

नेदरल्याण्ड ३ खेलमा एकमा हार र दुईमा जितसहित चार अंकाका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ तेस्रो तथा अन्तिम स्थानमा छ ।

नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?