
१९ चैत, विराटनगर । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीको छनोटका लागि शनिबार जिल्ला प्रशासन कार्यालय मोरङले लिखित परीक्षा लिएको छ ।
शनिबार विराटनगरको शहीद रंगशालामा लिखित परीक्षा लिएको हो ।
मोरङमा ३ हजार १ सय २४ म्यादी प्रहरीको माग छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार शनिबार भएको परीक्षामा ६ हजार ३ सय ७१ जनाको सहभागी भएका थिए ।
म्यादी प्रहरीका लागि लोकसेवा आयोग मार्फत प्रश्न मगाएर परीक्षा लिइएको उनले बताए । १०० पूर्णांकको लिखित परीक्षा लिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4