+
+

जुम्लामा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते ९:२१

२० चैत, काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–३ मा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरबाट खसेर जुम्लाको चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएराति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाली हिजो साँझ ६ बजे सोही ट्याक्टरबाट खसेका थिए ।

ट्याक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?