+
+

हिउँमा फसेका आठै जनाको सकुशल उद्धार

रासस रासस
२०८० फागुन २३ गते २०:३८

२३ फागुन, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ ।

यही फागुन १८ गते पाटनमा सम्पर्कविहीन भएको जानकारी आएपछि उद्घारका लागि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो । हिउँमा फसेका आठै जनालाई सकुशल हेलिकप्टरबाट उद्धार गरिएको छ ।

पालिका–४ स्थित गिडिदहको शिरान बजेडी पाटनमा फसेकालाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमा बजेडिपाटनदेखि जुम्ला विमानस्थल तीन चरणमा उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये तातोपानी गाउँपालिका–७ का दिया रावत, हरिशोभा रावत, सुशीला रावत, गोरी रावत, जगमती रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?