
तत्काल परीक्षा सञ्चालनको माग गर्दै विभागमा धर्ना दिँदै परीक्षार्थीहरु/फाइल तस्वीर
२० चैत, काठमाडौं । भन्सार एजेन्टको परीक्षा १७ वैशाखमा हुने भएको छ । भन्सार विभागका अनुसार १७ वैशाख शनिबार दिनको २ बजेदेखि परीक्षा हुनेछ ।
उच्च अदालत पाटनले यस अघि परिक्षा स्थगन गर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय भएपछि परीक्षाको नयाँ मिति तोकिएको विभागले जनाएको छ । यसअघि गत २८ फागुनका लागि तोकिएको परीक्षा २७ गते साँझ तेस्रो पटक स्थगन भएको थियो ।
सीमा नाकामा भन्सार जाँच पासका लागि भन्सार एजेन्ट कम भएपछि सरकारले गत वर्ष ६ सय भन्सार एजेन्ट थप गर्ने निर्णय गरेको थियो । गत जेठमै परीक्षा गर्ने भनिए पनि विविध कारणले परीक्षा स्थगित हुँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4