+
+

कमेडी फिल्म ‘लक्का जवान’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १३:४५

काठमाडौं । शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्ममा सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।

फिल्मलाई वैशाख २३ गते रिलिज गर्ने तयारी छ । यो कमेडी ड्रामा फिल्म कोरोना महामारीपछि बल्ल प्रदर्शन हुन लागेको हो ।

किरण केसी, अन्सुया श्रेष्ठ, शिवहरि, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँले फिल्म निर्माण गरेका हुन् । चर्चित टेलिसिरियल ‘जिरे खुर्सानी’को समेत निर्देशन गरेका शिवहरिको यो पहिलो फिचर फिल्म निर्देशन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?