+
+

सुनको सिक्री लुटपाट गरेको अभियोगमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १२:२५

२३ चैत, काठमाडौं। प्रहरीले सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा काठमाडौं लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका-२ उत्तरगेटबाट उक्त सुनको सिक्रीसहित पक्राउ गरेको हो ।

तामाङले काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको ५ तोला सुनको सिक्री लुटपाट गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?