+
+

भरतपुरमा प्रचण्डले भने : केही वर्ष महिला राज हेरिहेरौं न त !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १५:१९

२३ चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० वैशाखमा हुने निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख महिलालाई बनाउने आफ्नो चाहना भएको बताएका छन् ।

बुधबार चितवनमा सुकुम्बासीलाई लालपूर्जा वितरण गर्दै उनले महिलालाई जिम्मेवारी दिएमा बेइमानी, जालझेल र षड्यन्त्र कम हुने बताए ।

‘महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने विचार छ, बेइमानी जालझेल षड्यन्त्र धेरै नै कम हुँदो रहेछ । जिम्मेवारी बेग्लै खालको हुन्छ महिलाको’ उनले भने

प्रचण्डले धेरै वर्षदेखि पुरुषले शासन गर्दै आएको भन्दै केही वर्ष महिलालाई शासन गर्न दिनुपर्ने पनि बताए । ‘एकचोटी महिलालाई धेरै नै जिम्मेवारी दिएर हेरौं भन्ने छ । केही बिग्रदैन, यत्रो वर्षदेखि पुरुषले राज गरेर आइयाछ । केही वर्ष महिला राज हेरिहेरौं न त । हुन सक्छ नि त, किन सक्दैन ?’ उनले प्रश्न गरे ।

आफूले अहिलेको मन्त्रिपरिषदमा पार्टीको तर्फबाट महिलालाई धेरै जिम्मेवारी दिएको र उनीहरुले राम्रो काम गरेको पनि प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?