+
+

नेपालमा श्रीलंकाको जस्तो अवस्था आउँदैन : चन्द्र ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १५:५६
चन्द्रप्रसाद ढकाल/फाइल तस्वीर

२३ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको जस्तो अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन् ।

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेसनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको जस्तो अवस्थामा भने नपुग्ने बताएका हुन् ।

जबसम्म स्वदेशमा उत्पादित वस्तुहरुको उपभोग गर्दैनौ तबसम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने उनको भनाइ छ ।

उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौती पूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताए । उनले भने, ‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिंदैनौँ र स्वदेशी उत्पादनबाट नै रोजगारी सृजना गर्ने, राजश्व संकलन गर्ने मुलुकमा पूर्वाधारहरुको विकास गर्ने र स्वदेशमा उत्पादन भएका वस्तुलाई धेरै भन्दा धेरै उपयोग गर्न सकिंदैन। त्यति बेलासम्म वास्तविक रुपमा आर्थिक समृद्धि हुँदैन ।’

उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताए । उनले तरलता अभावको कारण बैंकहरुले तरलता सहज बनाउनका लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको बताए । बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको उनको भनाइ छ । उनले बैंकहरुमा जबसम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तबसम्म व्यवसायीक गतिविधिहरु अगाडि बढ्न नसक्ने दाबी गरे ।

ढकालले भने, ‘अहिले बजारमा तरलताको समस्या रहेको छ । त्यसले गर्दा बैंकहरुले ब्याजदर बढाएका थिए । तर यसबाट के देखिएको छ भने निक्षेपको ब्याजदर बढ्दैमा निक्षेप बढ्न सक्दैन भन्ने कुरा देखाएको छ । जबसम्म व्यवसाय गर्नको लागि व्यवसायले थाम्न सक्ने ब्याजदर हुनसक्दैन । यस्तो अवस्थामा व्यावसायिक गतिविधिहरु अगाडि बढ्न सक्दैन ।’

पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्य मन्त्री मोती दुगडले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भीर नभएको बताए । उनले अहिलेको गठबन्धन सरकारले नीजि क्षेत्रसँग कुनै छलफल समेत गर्न नसकेको आरोप लगाए । सरकारले पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोवल खस्काउने काम गरेको दुगडले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?