+
+

सरकारसँग महासंघको गुनासो : राजस्व बढाउन व्यवसायीलाई दुःख दिइयो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १८:४५

२० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले राजस्व बढाउन व्यवसायीलाई दुःख दिएको गुनासो गरेको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनसँग भेट्दै महासंघका अध्यक्ष चन्द्र ढकालले यस्तो गुनासो गरेका हुन् ।

भेटमा अर्थमन्त्री पुनले राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने आश्वासन दिएको महासंघले जनाएको छ ।

भेटमा ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरुबाट गुनासो आइरहेको बताएका थिए ।

सरकारको राजस्व संकलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए ।

ढकालले निजी क्षेत्रले सुव्यवस्थित रुपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने बताए ।

अध्यक्ष ढकालले मुलुकमा उद्योग तथा व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरे ।

उनले अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको बताए ।

अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई स्वदेशी लगानीकर्ताहरूलाई सम्मान गर्नु पर्ने र सरकारले व्यवसायीहरूको मनोबल बढाउनु पर्ने धारणा व्यक्त गरे ।

अर्थमन्त्री पुनले उठेको विषयलाई गम्भीरतापूर्वक हेर्ने आश्वासन दिए । उनले निजी क्षेत्रलाई जसरी पनि सहयोग गर्न सरकार सधै तत्पर रहेको बताए । मन्त्री पुनले राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने आश्वासन पनि दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?