+
+

सुरक्षा परिषद्मा जेलेन्स्कीको सम्बोधनपछि रुस थप आक्रोशित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १८:१५

काठमाडौं । मंगलबार राष्ट्रसंघीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाउन पश्चिमा मुलुकहरुलाई आग्रह गरे ।

जेलेन्स्कीको उक्त आग्रहपछि रुस थप क्रुद्ध बनेको देखिएको छ । रुसले निहत्था नागरिकको हत्या गरेर युद्ध अपराध गरेको भन्दै जेलेन्स्कीले कडा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए ।

सुरक्षा परिषद् बैठकको एक दिन नबित्दै रुसले युक्रेनी राजधानी किभको उत्तरमा पर्ने बुचामा आक्रमणलाई तीव्र बनाएको छ । युक्रेनी अधिकारीहरुले बुचाको एक चर्चमा १५० देखि ३०० जनाको सामूहिक हत्या गरेको जनाएको रोयटर्सले उल्लेख गरेको छ ।

फेब्रुअरी २४ देखि सुरु भएको आक्रमणको निशानामा परेको युक्रेनको दक्षिण बन्दरगाह मरिपोउललाई समेत रुसी सेनाले कब्जामा लिएपछि अहिले त्यहाँका दशौं हजार मानिसलाई खाना, पानी र बिजुलीको अभाव भएको जनाइएको छ ।

बेलायती जासूसी निकायले बुधबार उक्त क्षेत्रमा मरिपोउल क्षेत्रमा गम्भीर मानवीय संकट सुरु भएको जनाएको छ । युक्रेनी उपप्रधानमन्त्री इरेना भेरेस्चुकले त्यहाँका मानिसहरु सहर छाडेर बाहिर जाने क्रम सुरु भएको बताएकी छन् । अधिकारीहरुले ११ वटा करिडोरबाट मानवीय उद्दार भइरहेको बताएका छन् ।

युक्रेनी विदेशमन्त्रीले रुसी ग्याँस र तेलको आपूर्तिमा रोक लगाउने युरोपेली युनियनको निर्णय र रुसी बैंकलाई विश्व बैंकिङ प्रणालीबाट अलग तुल्याउने कदमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रोक्न सक्ने बताएका छन् ।

‘रुसी ग्याँस र तेल आपूर्ति रोक्ने र रुसी बैंकलाई विश्व प्रणालीबाट अलग तुल्याउने कदमलाई स्वागत गर्छु । कठिन समयमा कठिन निर्णय लिनु जरुरी छ,’ दमित्री कुलेभाले ट्वीटरमा भनेका छन् ।

एकजना युक्रेनी उच्च सैनिक अधिकारीका अनुसार गत साता रुसी सैनिक राजधानी किभबाट अर्को सहर खार्किभतिर आक्रमणमा केन्द्रित भएका थिए । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमाथि रुसले आक्रमण तेज पारेको ती अधिकारीले बताएका छन् ।

लुहान्स्कको पूर्वी क्षेत्रका अधिकारीहरुले बुधबार त्यहाँका बासिन्दालाई रुसले सहरलाई आक्रमणको निशाना बनाउन सक्ने बताउँदै सुरक्षित स्थानमा निस्कन भनेका छन् । युरोपेली संसदले रुसी कोइला र ग्याँसको आपूर्तिमा लगाइएको रोकलाई थप कडा तुल्याउने बताइसकेको छ ।

‘यी प्रतिबन्धहरु हाम्रा अन्तिम प्रतिबन्ध होइनन्’ ईयूकी कार्यकारी प्रमुख उर्सुला भोन डेर लेयनले भनिन्, ‘अब हामीले रुसले तेल र जिवाश्म इन्धन प्रतिबन्धतर्फ पनि ध्यान केन्द्रित गर्नेछौं ।’

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले यसअघि ऊ र सात ठूला आर्थिक राष्ट्रसहित ईयूले रुसी बैंकलाई प्रतिबन्ध लगाउने र रुसमा नयाँ लगानी हुन नदिनेबारे समन्वय गरिरहेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?