+
+

चुनाव प्रचारका लागि कांग्रेसले बनायो ७१ कलाकार सम्मिलित उपसमिति

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते ११:३९

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि ७१ जना कलाकारलाई समेटेर सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

डीबी गुरुङ संयोजक रहेको उपसमितिमा वसन्त सापकोटा, सरिता लामिछाने, राधिका हमाल, विमलराज क्षेत्री, रामजी खाँण, तपेन्द्र विश्वकर्मा लगायत छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा यी कलाकारले पार्टीको प्रचारप्रसार गर्ने कांग्रेसले जनाएको छ । पार्टी निकट सांस्कृतिक संघ संयोजक शिवशंकर रिजाल जोगिन्दरले पार्टीको निर्देशनअनुसार कलाकार सक्रिय हुने बताए ।

* यसअघि छापिएको तस्वीरमा कलाकार सरिता लामिछानेको तस्वीर गलत पर्न गएकोमा सच्चाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?