+
+

दुई वर्षपछि स्टेजमा फर्किंदै नेपथ्य, नयाँ वर्षको दिन दमकमा कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १२:२०
'नेपथ्य'का प्रमुख भोकलिस्ट अमृत गुरुङ । फाइल तस्वीर

काठमाडौं । कोरोना महामारीका कारण रोकिएका स्टेज कार्यक्रम फेरि लय समात्न थालेका छन् । देशका विभिन्न स्थानमा भइरहेका मेला, महोत्सव तथा कन्सर्टमा अधिकांश चर्चित कलाकारहरु व्यस्त बनेका छन् ।

नयाँ वर्ष नजिकिंदै जाँदा सांगीतिक कार्यक्रम आयोजना गर्ने क्रम अरु बढेको छ । यसैबीच, मुलुकको चर्चित लोक–रक ब्याण्ड नेपथ्य पनि स्टेज कार्यक्रमका लागि जुर्मराउँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षसम्म स्टेजबाट टाढा रहेको यो ब्याण्ड नयाँ वर्ष अर्थात् वैशाख १ गते झापाको दमकबाट पुनः स्टेजमा फर्किंदैछ ।

दमकको सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्यले आफ्नो प्रस्तुति दिने तयारी गरेको ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले जानकारी दिए । नेपथ्यले यसअघि पनि सोही स्कुलमा चार हजार भन्दा बढीको दर्शकको उपस्थितिमा कार्यक्रम गरेको थियो ।

कोरोना भाइरस संक्रमण फैलिनुअघि २०७६ फागुन १७ गते काठमाडौंको भृकुटीमण्डपमा पछिल्लो कन्सर्ट गरेको थियो ।

दमकमा आयोजना हुने कन्सर्टलाई सफल पार्न स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ले पनि तयारी अगाडि बढाइसकेको नेपथ्यले जनाएको छ ।

कार्यक्रमका लागि दमकसहित काँकडभिट्टा, विर्तामोड, उर्लाबारी, पथरी, लेटाङ, विराटनगर, इटहरी, धरान, गौरादह र दुधेमा टिकट बिक्री केन्द्र राखिने भएको छ । यस्तै अनलाइनमार्फत पनि टिकट खरिद गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?