+
+

निलम्बनअघि सार्वजनिक रूपमै अर्थमन्त्रीले गभर्नरमाथि उठाएका प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १९:५५

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बनमा परेका छन् । सरकारले नेपाल राष्ट्र बैंक ऐनअनुसार पदमुक्त गर्नुअघि जाँचबुझ समिति बनाए लगतै गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका हुन् ।

निलम्बनअघि शुक्रबार विहान मात्र अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारी एउटै मञ्चमा देखिएका थिए । कार्यक्रममा अर्थतन्त्रको संकटबारे मत मात्र बाझिएको थिएन, अर्थमन्त्री शर्माले गर्भनरमाथि गम्भीर प्रश्न उठाएका थिए ।

के भनेका थिए शर्माले ?

राष्ट्र बैंक अर्थ मन्त्रालयको सल्लाहकार हो भन्ने सुनेको छु । हो पनि ! कसैले मलाई फोन गर्छन् यहाँ अर्थत्ान्त्रमा ठूलो समस्या भयो भन्छ ।  शेयर किन्ने पैसामा क्याप लाइसक्यो । किन गराएको भनेर सोध्छन् । म गभर्नर सा’बलाई सोध्छु, के हो यो ? मैले सोध्न अन्त कहाँ जाने ? सल्लाहकारलाई त सोध्नु पर्‍यो !

कहिले कहि बैंकको ब्याज बढ्छ । किन बढ्यो भनेर सोध्नुपर्‍यो । कहिले काँही कोही आउँछ र निवेदन दिन्छ । निवेदन के रहेछ हेरिदिनुपर्‍यो भन्दा मिडियालाई बुझाइन्छ । ऐन कानुनले चल्ने हो, मन्त्री होस् वा कुनै संस्था होस् । मेरो बैंक खाता रोकियो भनेर आएको छ, के हो बुझिदिनुस्भन्दा ठूलो विषय बनाएर मिडियामा किन पुर्‍याइन्छ ? यस्तो अनुशासनले हुन्छ ? एउटा सञ्चालक समितिले ३० हजार डलर चाहियो बार्गेनिङ गरेको सुनेको छु, आधिकारिक कुरा थाहा छैन ।

हामीले केही समय एलसी नखाल्ने भनेका छौं । यो छलफल भएको १५ दिन भयो । म आग्रह गर्न चाहन्छु, १० देखि १५ दिन यता कतिले एलसी खोले मलाई रेकर्ड चाहिन्छ ।

कतिपयलाई रहर छ नेपाललाई श्रीलंका बनाउने । तीनको सपना पूरा हुँदैन । नेपाल र श्रीलंकाको तुलना हुन सक्दैन । हाम्रो ऋणको कुरालाई हेनुस्, हाम्रो उत्पादन क्षेत्रलाई हेर्नुस्, विदेशी लगानी हेर्नुस्, ऋण सहायता हेरौं । तुलना नहुने कुरामा तुलना गर्दै जनतालाई आतंकीत पार्ने एक थरीहरुले गरिरहेका छन्, त्यो गलत छ । अर्थतन्त्रमा समस्याहरु छ, हामीले पनि भनिरहेका छौं । तरिका बदल्नुपर्छ भनेका छौं । चिन्ता व्यक्त गर्नेहरुलाई सलाम गर्नुपर्छ ।

श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्नेहरुलाई अपिल गर्न चाहन्छु । यस्तो प्रचारको अन्त्य गरौं, हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराहरु के-के हुन्, त्यसमा बहस गरौं । आवश्यकता आज यो हो । अहिले डलरको सञ्चिती साढे ६ महिनालाई पुग्ने छ । यो भन्दा तल नझरोस् भनेर हामी सर्तक हुनुपर्छ । किन बढ्दै गयो भन्दा विलासिताका सामान हामीले धेरै छुट दियौं ।

हाम्रो स्याउहरु जुम्ला र मुगुमा कुहिएर फालियो, स्याउ आयातमा प्रोत्साहित गर्‍यौं, हाम्रो गल्ती त्यहाँ भएको छ । हाम्रा आलुहरु दुरदराजमा त्यतिकै फाकिएका छन् । तिनीहरुलाई बजारमा पुर्‍याउने सोच बनाएनौं । त्यहाँका उत्पादनलाई बजारसँग जोड्ने नीति बनाएनौं । त्यही कारणले हामीले आलु बाहिरबाट ल्याउन प्रोत्साहन दियौं । हाम्रो त्यादन भएको प्याजलाई राख्ने स्टोर बनाउन सकेनौं । दुई महिनामा साग रोप्दा खान तयार हुन्छ तर बाहिरबाट ल्याउन थालेका छौं । हामीसँग उत्पादनको लागि सबै कुरा छ, तर नीतिमा कतै कमजोरी भयो । कार्यान्वयनमा समस्या आयो । नीतिको दुरुपयोग भयो वा भ्रष्टाचार भयो ? खोज्नु पर्नेछ । हामीले हिजो भएका कपडा लगायतका उद्योग बन्द गर्‍यौं, आज बाहिरबाट ल्याएर लगाइरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?