+
+

बैंगलोरको तेस्रो जित, मुम्बई अझै जित विहीन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते ९:११

२७ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोएल च्यालेन्जर्स बैंगलोरले शनिबार राति भएको खेलामा मुम्मबई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ ।  यस सिजन बैंगलोरले चार खेल खेल्दा यो तेस्रो जित हो । चार खेलबाट ६ अंक जोड्दै बेंगलोर तेस्रो स्थानमा उक्लेको छ ।

कोलकता नाइट राइडर्स र गुजरात टाइटन्सको पनि ६ अंक रहे पनि नेट रनरेटमा अगाडि रहँदै कोलकता पहिलो र गुजरात दोस्रो स्थानमा छन् । ६ अंक नै रहेको लखनउ सुपर जायन्ट्स चौथो स्थानमा छ ।

आईपीएलको सफल टोली मुम्बईको भने यो लगातार चौथो हार हो । मुम्बईले चार खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन ।

युवा खेलाडी अनुज रावतले उत्कृष्ट ब्याटिङ गर्दै ६६ रन बनाएपछि मुम्बईले दिएको १५२ रनको लक्ष्य बेंगलोरले १८.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्‍यो । अनुजले ४७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरे । यस्तै विराट कोहलीले ३६ बल खेल्दै ५ चौका मद्दतमा ४८ रन योगदान गरे ।

यस सिजन पहिलो खेल खेलेका ग्लेन म्याक्सवेलले २ बल खेल्दै अविजित ८ रन जोडे । यस्तै दिनेश कार्तिकले २ बल खेल्दै अविजित ७ रन बनाए ।

मुम्बईका जयदेव उनादकाट र डेवाल्ड ब्रेभिसले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादवले अर्धशतकमा ६ विकेट गुमाएर १५१ रन बनाउको थियो । सूर्यकुमारले ३७ बल खेल्दै ५ चौका र ६ छक्का मद्दतमा अविजित रहँदै ६८ रन बनाए । कप्तान रोहित शर्मा र विकेटकिपर इशान किसनले समान २६ रन जोडे ।

बैंगलोरका लागि वानिन्दु हसरंगा र हर्सल पटेलले २-२ तथा आकाश दिपले १ विकेट लिए ।

आईपीएलमा आज कोलकता नाइटराइडर्स र दिल्ली क्यापिटल्स तथा राजस्थान रोएल्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?