+

खुमलटार ए डिभिजनमा बढुवा, सामाजिक सी डिभिजनमा घटुवा

२०७८ चैत  २७ गते १६:५२ २०७८ चैत २७ गते १६:५२
खुमलटार ए डिभिजनमा बढुवा, सामाजिक सी डिभिजनमा घटुवा

२७ चैत, काठमाडौं । खुमलटार युथ क्लब ए डिभिजनमा बढुवा भएको छ । बी डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै खुमलटार पहिलो पटक ए डिभिजनमा उक्लेको हो ।

यसअघि चर्च ब्वाइज युनाइटेड बी डिभिजन च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भइसकेको छ ।

आइतबारै रानी पोखरी कर्नर टिम (आरसिटी) टुसाल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि खुमलटार र आरसिटीको समान २२ अंक भएको थियो ।

तर लिगमा यसअघि आरसीटीलाई हराएकोले हेड टु हेड मा अगाडि रहँदै खुमलटार भाग्यमानी बनेको हो । टुसालसँगकाे खेल जितेको भए आरसीटी ए डिभिजनमा बढुवा हुने थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सामाजिक युथका विकास लिम्बुले खेलको अन्तिम समयमा आत्मघाती गोल गरेपछि खुमलटार विजयी भएको हो । त्यसअघि सविन केसीले गोल गर्दै खुमलटारलाई पहिले अग्रता दिलाएका थिए ।

सुरेश खत्रीले सामाजिक युथ क्लबका लागि बराबरी गोल फर्काएका थिए । पराजित सामाजिक युथ क्लब सी डिभिजनमा घटुवा भएको छ । यसअघि नै झम्सिखेल युथ क्लब सी डिभिजनमा घटुवा भइसकेको छ । १४ टोली सहभागी बी डिभिजन लिगबाट दुई टोली ए डिभिजन लिगमा बढुवा भए भने दुई क्लब सी डिभिजनमा घटुवा भएका हुन् ।

ए डिभिजन क्लब खुमलटार युथ क्लब बी डिभिजन लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय