
२८ चैत, सप्तरी। सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको आज मृत्यु भएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवको आठ वर्षका छोरा देवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टि रहेको सार्वजानिक पोखरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो ।
यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4