+
+

गाउँ र शहरको विकासलाई दिगो बनाउनु आवश्‍यक छ : मन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १४:१९

२९ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामिण र शहरी क्षेत्रको बीचको विकासलाई दिगो बनाउनु पर्नेमा जोड दिएका छन् ।

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले सबै नागरिकको जीवनस्तर उकास्न मानवीय एवं प्राविधिक सञ्जालको जडान गर्न आवश्यक रहेको पनि बताए । मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको भन्दै यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गरेको र बाच्ने तरिकालाई असर गरिरहेको बताए ।

मन्त्री कार्कीले समाज बिस्तारै अनेकौँ सपनाका कारण बस्तीहरु रित्तिँदै गएको र शहरमा बस्ने आकंक्षले शहरलाई अव्यवस्थित बनाउँदै गएको बताए । उनले शहरीकरण कारण अहिले भएको विकास पनि एकान्की हुनसक्ने अवस्था सिर्जना भएको बताए ।

मन्त्री कार्कीले गाउँका जनतालाई गाउँमै बसौँ-बसौँ लाग्ने नीति तर्जुमा गर्नु अहिलेको आवश्यक्ता भएको पनि बताए ।

मन्त्री कार्कीले भने, ‘ गाउँका बस्ती एकातर्फ रित्तिँदै गएका छन् भने अर्कोतर्फ शहरमा बस्ने आकंक्षले शहरलाई अव्यवस्थित बनाउँदै गएको छ । यसले हाम्रो समाजमा गरिबीदेखि लिएर निराशा उत्पन्न हुने किसिमको सिर्जना भइरहेको छ ।ती समस्यालाई समाधान गर्दै समाजलाई गरिबीबाट माथि लाने र कसरी गाउँलाई सफा, सुन्दर र स्वच्छ बनाउने भन्ने र शहरलाई पर्यटकको आकर्षण केन्द्र कसरी बनाउने भन्ने सोच्न आवश्यक छ ।’

मन्त्री कार्कीले अव्यवस्थित शहरीकरणका समस्यालाई समाधान गरेर समाजलाई गरिबीबाट माथि लाने, गाउँलाई सफा, सुन्दर र स्वच्छ बनाउने र शहरलाई पर्यटकको आकर्षण केन्द्र बनाउनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?