
२९ चैत, काठमाडौं । राप्रपा नेपालले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा उभिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था छोडेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक संसदको मुद्दा उठाउने बताएका हुन् ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘राप्रपा नेपालले राजसंस्था नबोक्ने यसअघि नै घोषणा गरिसकेको थियो । तर अब यो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक संसदको वकालत गर्नेछ ।’
राप्रपा नेपालले स्थापनाकालदेखि हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको थियो । पार्टी एकता गरेर राप्रपाको अध्यक्ष बन्दा पनि थापाले त्यही एजेण्डा अघि बढाए ।
तर राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि भने थापा असन्तुष्ट बने । निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको भन्दै राप्रपा परित्याग गरेका उनले पछिल्लो समय राप्रपा नेपाल पुनर्गठन गरेका छन् ।
समाजवाद र साम्यवादको विकल्पमा सम्बद्र्वनवाद वैकिल्पक शक्तिको रुपमा आउने थापाले दाबी गरे । धर्मको नाममा राजनीति नगर्ने, तर धर्मको संरक्षण गर्ने भन्दै उनले भने, ‘नेपालको पहिचान हिन्दु धर्म भनेको एकताको आधार र पहिचानको विषय होे । तर धर्मकै नाममा हामी अब राजनीति गर्दैर्नौं ।’
प्रतिक्रिया 4