+
+

३ लाख रुपैयाँ घुसलिएको आरोपमा प्रधानाध्यापकसहित २ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते ११:०७

३० चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा छन् ।

प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घुस लिएको अख्तियारको आरोप छ । उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?