+
+

ह्वाट्सएप र मेसेन्जरमा च्याट कसरी म्युट गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १४:०७

३० चैत, काठमाडौं । मेटा कम्पनी मातहतका ह्वाट्सएप र फेसबुक मेसेन्जर संसारका सर्वाधिक लोकप्रिय मेसेजिङ प्लाटफर्म हुन् ।

दैनिक करोडौँ मानिसले प्रयोग गर्ने यी दुई मेसेजिङ प्लाटफर्म एक अर्काबाट भिन्नै भएता पनि डिजाइन र युजर इन्टरफेसको कुरा गर्दा कतिपय फिचरमा समानता पाइन्छ । त्यसमध्ये दुवै प्लाटर्फममा उपलब्ध निकै उपयोगी एउटा साझा फिचर हो च्याटलाई म्युट गर्न सकिने फिचर ।

संवादलाई म्युट गरिसकेपछि तपाईंले निधारित समयसम्म मेसेजको नोटिफिकेसन अलर्ट प्राप्त गर्नु हुने छैन । प्राप्त भएका मेसेजहरु सम्बन्धित एप खोलिसकेपछि मात्र हेर्न सकिन्छ । अनावश्यक अलर्टहरुलाई पन्छाउन तथा नोटिफिकेसन बारलाई भद्दा हुन नदिनका लागि यो निकै उपयोगी हुन्छ । ह्वाट्सएप तथा मेसेन्जरमा च्याट म्युट गर्नका लागि निम्नानुसार उपाय अपनाउन सकिन्छ :

ह्वाट्सएपमा च्याट म्युट गर्नका लागि  :

  • स्मार्टफोनमा ह्वाट्सएप खोल्नुहोस्
  • आफूले म्युट गर्न चाहेको कन्भरसेसन अर्थात् च्याटमा केहीबेर थिच्नुहोस् र त्यसपछि देखिने mute अप्सनमा ट्याप गर्नुहोस्
  •  त्यसपछि तपाइँले कति समयका लागि च्याट म्युट गर्न चाहनुभएको हो, त्यो छान्न सक्नुहुन्छ । त्याँ तिनवटा विकल्प हुनेछन् । एउटा ८ घण्टाको लागि, अर्को १ हप्ता र अर्को सधैभरका लागि ।

फेसबुक मेसेन्जरमा च्याट कसरी म्युट गर्ने ?

  • स्मार्टफोनमा मेसेन्जर खोल्नुहोस्
  • म्युट गर्न चाहेको कन्भरसेसन अर्थात् च्याटमा केहीबेर थिच्नुहोस् र त्यसपछि देखिने म्युट अप्सनमा थिच्नुहोस्
  • तपाइँले कति समयका लागि च्याट म्युट गर्न चाहनुभएको हो, समय छान्न सक्नुहुन्छ । जसमा १५ मिनेट, १ घण्टा, ८ घण्टा, २४ घण्टा वा परिवर्तन नगरुनजेल भन्ने ५ वटा विकल्प छान्न सक्नुहुन्छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?