+
+

तुलसीपुरको मेयरमा एमालेबाट ६ जनाको नाम सिफारिस 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते २०:२५

३० चैत, दाङ । तुलसीपुर उपमहानगरको प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका धेरै आकांक्षी देखिएका छन् ।

सहमतिमा एक जनाको नाम सिफारिस हुन नसकेपछि आकांक्षीहरूको नाम टिपोट गरेर माथिल्लो कमिटीमा सिफारिस गरिएको छ। अकांक्षी धेरै भएपछि तुलसीपुरको नगर कमीटीले प्रमुखमा छ  जना र उपप्रमुखमा पाँच जनाको नाम सिफारिस गरेको छ ।

नगरको प्रमुख पदमा हालकी उपप्रमुख माया आचार्य, टीकाराम खड्का, मनोहर बुढाथोकी, कृष्ण भुसाल, नवराज लामिछाने, विनोद शर्माको नाम सिफारिस गरिएको छ ।

खड्का लामो समय माधव नेपाल समूहमा रहेर एमालेमै फर्किएका थिए । अर्का आकांक्षी मनोहर बुढाथोकी हाल एमाले दाङका जिल्ला सचिव हुन् भने लामाछाने तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष हुन् ।

त्यस्तै नगरको उपप्रमुख पदमा पाँच जनाको नाम सिफारिस गरिएको छ । उप प्रमुख पदमा युवा करारा, रेखा शर्मा, छवी खराल, पुष्पा लामिछाने र स्यानी चौधरीको नाम सिफारिस नगर कमिटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?