+
+

गुल्मी महोत्सवमा पशुपति र शान्तिश्रीले झुमाए दर्शक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते ११:३०

२ वैशाख, गुल्मी । तम्घासमा जारी गुल्मी महोत्सवको सातौं दिन बिहीबार चर्चित लोक गायक पशुपति शर्मा र शान्तिश्री परियारले सांगीतिक प्रस्तुति दिएका छन् ।

नयाँ वर्षको पहिलो दिन भएकाले महोत्सवमा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो । पशुपति र शान्तिश्रीको गीत सुन्न आएका दर्शकले ठूलो स्वरमा हुटिङ गर्दै साथ दिएका थिए ।

महोत्सवमा पशुपति आफ्ना चर्चित आधा दर्जन गीत गाए ।  त्यसपछि स्टेजमा उक्लिएकी शान्तिश्रीले सुरुमै आफ्नो लोकप्रिय गीत ‘बोल माया’ गाएर दर्शकलाई भावुक बनाइन् । त्यसपछि एकपछि अर्को चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई झुमाइन् ।

बिहीबार पुरुषोत्तम भण्डारी, गणेश अधिकारी, सन्तु थपा, सुरेश श्रीप्रसाद थापा, अस्मिता जीएम, लक्ष्मण खड्का लगायतका कलाकारले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

नयाँ वर्षको दिन १५ हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको टिकट व्यवस्थापन समितिका संयोजक मृगेन्द्रप्रसाद श्रेष्ठले बताए ।

उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ जारी महोत्सव वैशाख ४ गतेसम्म चल्नेछ ।

महोत्सवमा शुक्रबार रचना रिमाल, खुमन अधिकारी, टिकाराम पोखरेल, शान्तारानी परियार, विष्णु सिञ्जाली, सूर्य रेग्मी, लक्ष्मण खड्का लगायत कलाकारले प्रस्तुति दिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?