+
+

शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२४ आयोजना हुँदै

डिजिटलाइजेसन र विकासको तालमेलमा जोड दिइने 

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १५:१६

२३ जेठ, काठमाडौं ।  शुक्रबारदेखि काठमाडौंमा डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण हुने भएको छ ।

आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढि विशिष्ट र विज्ञ बत्ताहरु रहेका छन् ।

काठमाडौंको म्यारियट होटलमा आयोजना हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नछन् भने समापन पावर संवादमार्फत केपी शर्मा ओलीले गर्नेछन् । सञ्चारमन्त्री र अर्थमन्त्रीको पनि विशेष सेसनहरु रहेको आयोजक आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

कन्क्लेभमा  डिजिटल नेपालको लागि नवीनतम प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुति र प्रोजेक्ट शोकेसको पनि रुपमा अवसर प्रदान गरिएको छ, जसमा करिब २० वटा डिजिटल इनिसिएटिभ्सहरु शोकेसमा रहनेछन् ।

हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट थिममा केन्द्रित हुने तेस्रो संस्करणको कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल इम्पावरमेन्ट एण्ड इन्क्लुजन, डिजिटल गभर्नेसन्स र डेटा फर डेमलपमेन्ट, डिजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसीप र डिजिटल रुपान्तरणमा अबको दिशा लगायतका विषयहरुमा सेसन र प्रस्तुतिहरू रहेका छन् ।

वर्षको ठूलो प्रविधि सम्मेलनको रुपमा आयोजना भइरहेको कन्क्लेभमा संघीय, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरु सहित ५०० बढीको सहभागिता रहनेछ ।

फाउण्डेसनले यस वर्ष प्रि-इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरेको थियो । गत २ वर्ष आयोजकले ७ प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना गर्दै प्रदेशहरुको डिजिटल अवस्था र क्षमताको बारेमा अनुसन्धानमुलक पुस्तकहरु प्रकाशन गरिसकेको छ ।

सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै यसतर्फ फाउण्डेसनले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?